६ जेष्ठ २०८१, आईतवार

 

नेवा: मिसा दवू बागलुङको दोश्रो साधारण सभा सम्पन्न

बागलुङ। नेवा: मिसा दवू जिल्ला समिति बागलुङको दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नेवार समुदायले आफ्नो संस्कृति र जातिय पहिचान संरक्षणमा ध्यान दिनुपर्ने बताउदै नेवा: महिलाको नेतृत्व र व्यक्तित्त्व विकासको लागि नगरपालिकाको तर्फवाट सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेवा: मिसा दवूका केन्द्रीय सदस्य रम्वादेवी शाक्यले नेवा: महिलाहरुको सशक्तिकरणको लागि नेवा: मिसा दवू गठन गरिएको वताउनु भयो ।

नेवा: मिसा दवू जिल्ला समिति बागलुङका अध्यक्ष सोमना शाक्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, नेवा: मिसा दवूका सल्लाहकार इश्वरलाल बज्राचार्य , बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जिवन शाक्य, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायततले बोल्नु भएको थियो। नेवा: मिसा दवूका उपाध्यक्ष लक्ष्मी शाक्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव अर्चन पालिखेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्