६ जेष्ठ २०८१, आईतवार

 

महिलाले विश्वलाई जोगाउन सक्छन् ?

यतिवेला पुरुष नेतृत्वको अर्को खराब इनिङ चलिरहेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आउने घन्टैपिछेका ट्वीटदेखि ब्रजिलियन राष्ट्रपति जैर बोल्सोनारोको सत्ता उन्माद ‘पुरुष नेतृत्व अस्थव्यस्थता’ को दोस्रो लहरको रूपमा देखा परेका छन् । यसैगरी, अमेरिकाको न्यू इंग्ल्यान्ड प्याट्रिओट फुटबल क्लबका मालिक रोबर्ट क्राफ्ट, समाजसेवी आर केली र सदर्न पोभर्टी ल सेन्टरका उपाध्यक्ष मोरिस डिसले कमाएको बदनामी यो लहरको वृत्तमा पर्छन् ।

हावर्ड विश्वविद्यालयका विद्ववान् कोर्नेल वेस्टले अमेरिकी पत्रकार एडर्सन कुपरलाई दिएको अन्तर्वार्तामा ‘यी दाजुभइ नियन्त्रणबाहिर रहेको’ विष्लेषण गरेका छन् ।यस्तो परिवेशमा के महिलाले विश्वलाई जोगाउन सक्छन् ? भन्ने प्रश्न उठेको छ । काल्पनिक चलचित्रकी शक्तिशाली महिला पात्र क्याप्टेन मार्भलले अन्य आकाशगंगाबाट आएका शत्रुबाट हामीलाई जोगाएको देखेका छौँ । तर, वास्तविक पृथ्वीमा भने यतिवेला महिला नेतृत्वको एउटा नयाँ रूप उदाउँदो अवस्थामा छ ।

एक वर्षअगाडि, कार्यकालमा रहेकै वेला सन्तानलाई जन्म दिएर न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा एर्डेर्नले ख्याति कमाएकी थिइन् । पछिल्लोसमय देशको क्राइस्ट चर्चस्थित मस्जिदमा भएको नरसंहारको घटनापश्चात् पीडितप्रति साहनुभूति देखाउन एर्डेर्नले बुर्का ओडेको तस्बिर विश्व मानवता झल्काउने आदर्श छवि बनेको छ । दुई मस्जिदमा प्रार्थना गरिरहेका ५० मुस्लिम धर्मावलम्बीको गोली हानी हत्या गरिएको घटनामा एर्डेर्नले मानवताको उच्चतम् उदाहरण पेस गरिन् ।

बुर्का ओडेरै उनले पीडित परिवारलाई भेटिन् । पीडित पक्षप्रति प्रधानमन्त्री एर्डेर्नले जाहेर गरेको ऐक्यबद्धतालाई न्युजिल्यान्डका महिलाले पनि सिको गरेका छन् । जसलाई अरब क्षेत्रले बढो महत्वाकांक्षा साथ लिएको छ । संयुक्त अरब इमिरेट्को दुबईस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्जखलिफमा एर्डेर्नको पोट्रेट नै राखियो । जसमा अंग्रेजी र अरबिक भाषामा ‘शान्ति’ लेखिएको छ । एर्डेर्नलाई शान्तिको दूतका रूपमा मुस्लिम विश्वले हेरेको छ ।

पछिल्लो समय जर्जियादेखि इथियोपियासम्मका देशमा राष्ट्रपति पदमा महिला निर्वाचित भएका छन् । एकताका पुरुषले मात्र भरिने उद्योगको नेतृत्व महिलाले लिएका छन् । इतिहासमै पहिलोपटक, न्युयोर्क स्टक एक्स्चेन्ज र नस्डाकको उच्च पदमा महिला पुगेका छन् । गत जनवरीमा नथ्र्रोप ग्रुमम्यानको प्रमुख कार्यकारी अधिकृत पदमा क्याथी वार्डेन नियुक्त भएसँगै अमेरिकाका पाँच सबैभन्दा ठूला डिफेन्स कम्पनीमध्ये चारवटाको नेतृत्व महिलाले लिएका छन् ।

यसैगरी, काला जातिबाट पहिलो महिला मेयर पाउने क्रममा सिकागो छ ।मानव सभ्यताको हजारौँ वर्षमा महिलाले जीवनमा निकै ठूला जटिलताको सामना गर्नुपरेको छ । अनि पुरुष द्वन्द्वको बाटोमा हिँड्दा शान्तिपूर्ण सहअस्थित्वको माध्यम महिलाले निर्माण गरेको पाइन्छ, तर पछिल्लो समय पुरुषको शक्ति वृत्तले यो निर्माण गरेको धरातल भत्काएका छन् ।

अनि, डेमोक्रेट्स पार्टीकी अर्की नेतृ टेसी अब्राम्स (जसको मूल काला जाति हो)ले उपाध्यक्ष पदका लागि मात्र महिला लड्ने विचारको खण्डन गरेकी छिन् । प्रमुख पदमा महिलाले नेतृत्व लिन सक्नुपर्नेमा उनको जोड छ । पछिल्लो निर्वाचनबाट अमेरिकी कंग्रेसमा ४२ जना महिलाले प्रतिनिधित्व गरेका छन् । यसैगरी, अमेरिकी कंग्रेसकी सभामुख नान्सी पेलोसीको भूमिकालाई यतिवेला उदाहरणीय भूमिका निर्वाह गरिरहेकी छन् । कंग्रेसमा उनी खरो रूपमा प्रस्तुत हुने गरेकी छिन् ।

प्राकृतिक हिसाबबाट हेर्दा सरकार चलाउने मामिलामा पुरुषभन्दा महिला सधैँ अब्बल हुन्छन् भन्ने म दाबी गर्न चाहन्नँ । युरोपेली युनियनबाट बेलायत बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसाको असफलाता यो सन्दर्भमा जोडिएको छ । इयुसँग मेले गरेको ब्रेक्जिट सम्झौता तेस्रोपटक पनि संसद्बाट अस्विकृत भएको छ । हो, मेको कार्यशैली हेर्दा बेलायतको प्रादेशिक सहरस्थित कुनै विद्यालयको उपप्राधानाध्यापक भएर उनले काम गरेको भए राम्रो हुन्थ्यो ।

तर, के पनि हो भने, थेरेसा मेलाई असफल बनाउन टोरी पार्टीका १३ उच्च पद धारण गर्ने पुरुषको पनि हात छ, जो आफूलाई राष्ट्रभक्त ठान्दछन् । बेलायतलाई इयुबाट निकाल्ने मामिलामा यी मध्येका केही उच्च वर्गका पुरुष गैरजिम्वेवार रूपमा प्रस्तुत भएका छन् । ब्रेक्जिटलाई कसरी सफल बनाउने भन्नेमा उनीहरूको सहयोगी भूमिका पाइन्न । न त उनीहरूमा समाधानका कुनै विकल्प नै छन् ।

अर्कोतर्फ सिक्नुपर्ने ठूलो पाठ हामी सामु छ । मानव सभ्यताको हजारौँ वर्षमा महिलाले जीवनको निकै ठूला जटिलताको सामना गर्नु परेको छ । अनि पुरुष द्वन्द्वको बाटोमा हिँड्दा शान्तिपूर्ण सहअस्थित्वको माध्यम महिलाले निर्माण गरेको पाइन्छ तर, पछिल्लोसमय पुरुषको शक्ति वृत्तले यो निर्माण गरेको धरातल भत्काएका छन् । समाजले महिलालाई रहस्यमयी बनाएको छ ।

आफ्नो अस्थित्व जोगाउन र समृद्धिका लागि महिलाले बिताएको शताब्दीमा महिलालाई कम आँकिएको छ । यस्तो ठानिनुका पछाडि धेरै कारण छन् । परिवार सदस्यको हेरचाह गर्ने, सन्तान पाउने तथा हुर्काउने, पाका तथा शारीरिक असक्तता भएका सदस्यको स्याहार गर्ने कार्य अहिले पनि उसैगरी गर्र्दै आएका छन् ।

तर, यस्तो जिम्वेवारीको कुनै पारिश्रमिक महिलाले पाउँदैनन् । वास्तवमा, पुरुषले समाना गर्नु नपरेका असम्भव ठानिने कार्यको सामना कसरी गर्ने भन्नेबारे महिलाले सिकेका छन् । कार्यलयको व्यस्त र कठिन कार्यपश्चात् पनि घरमा सन्तानको गृहकार्यमा मार्गनिर्देशन गर्ने कार्यले महिलालाई सन्तुष्टिको आभाष दिने गरेको छ । जीवनको ठूलो संघर्षबाट महिला बौद्धिकता झल्किने गरेको छ ।

पछिल्लो केही समयसम्म महिलाको बौद्धिकतालाई दोस्रो दर्जा दिएर समाजले रोक्ने प्रयास गर्दै आएको थियो । तर, नयाँ भूमिकामा महिला देखिन थालेसँगै महिलाको त्यो बौद्धिकता अनपेक्षितरूपमा उदाउँदो छ ।

महत्वपूर्ण र प्रभावकारी भूमिकामा  महिला देखिन थालेका छन् । विगतमा, पुरुषले सिर्जना गरेको परिधीबाट बाहिरिन महिलाले संघर्ष गर्नुप-यो । वास्तवमा, पुरुषले निर्धारण गरेको परम्परागत पथमा हिँडेर महिलाले मुक्तिको बाटो भेटाउन सक्दैनन् ।

सत्तामा रहेका महिलाले आफ्नो विशेष बौद्धिकताको प्रयोग गरेर विश्वलाई शान्तिको बाटोमा डो-याउन तथा विश्वलाई जोगाउन सक्छन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा एर्डर्नदेखि अमेरिकी कंग्रेसकी सभामुख नान्सी पेलोसीजस्ता महिलाको व्यक्तित्वमा महिलाले पुरुषले जसरी नेतृत्व नगरी वास्तविक महिलाझैँ  नेतृत्व लिँदा कस्तो भिन्नता हुन्छ भन्ने देखिसकेका छौँ । यसर्थ, पुरुषले झैँ नेतृत्व गर्नेभन्दा आफ्नो विशेषता र बौद्धिकताको आधारमा महिलाले नेतृत्व लिनुपर्छ ।नयाँपत्रिकाबाट

(टिना ब्राउन वुमेन इन द वल्र्ड सम्मेलनकी संस्थापक हुन्)

प्रतिक्रिया दिनुहोस्