६ जेष्ठ २०८१, आईतवार

 

ताराखोलामा महिला सशक्तिकरण कार्यक्रम

ताराखोला । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र महिला संजाल वडा न ४ तारा को आयोजनामा महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम ताराखोलामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला नेतृ निरमाया श्रीस बुढाले बदलिँदो समय र परिस्थिति अनुसार फेरबदल भएका नियम कानुनको बारेमा जानकार हुन नसक्दा पनि ग्रामीण क्षेत्रका कतिपय महिलाहरु अझै पनि विभिन्न किसिमका हिंसाबाट पीडित हुनु परेको बताउनु भयो ।

ग्रामीण क्षेत्रका महिलाहरुलाइ कानुनी सचेततासंगै सामाजिक आर्थिक र ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम सन्चालन गरिएको महिला संजाल वडा न ४ कि अध्यक्ष तुल माया निउरे ले जानकारि दिनु भयो।

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति बाग्लुङकी सदस्य फुलमाया पुन जलजला , वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री , ताराखोला स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण कडेल र ताराखोला गाउँपालिकाकी वास संयोजक भिमा रोकाले गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा स्थानीय तहमा महिलाका अधिकार , परिबर्तित ऎन कानुन,महिला हिंसा , स्वास्थ्य सरसफाइमा महिलाको भुमिका लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएका छन।

कार्यक्रममा सहभागीको तर्फबाट गोरिमाया खत्री र कुन्नी कुमारी खत्रीले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम महिला संजाल वडा न ४ कि अध्यक्ष तुल माया निउरेको अध्यक्षता ,सहसचिव सुन्तली दर्जिको स्वागत र सदस्य तुलमाया घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्