२५ असार २०८२, बुधबार

 

बस अनियन्त्रित भएर चिया पसलमा ठोक्किँदा १ को मृत्यु, ८ घाइते

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा बस अनियन्त्रित भएर चिया पसलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट कञ्चनरुप नगरपालिका ८ का ६० वर्षीय देवनारायण महताको घट्नास्थलमै ज्यान गएको हो । पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दक्षिणतर्फको चिया पसल छिरेको थियो।

घटनामा २ जना गम्भीर घाइते भएका छन् । चिया पसलका सञ्चालक कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डल र चिया पसलका ग्राहक सोही स्थानका ४५ वर्षीय सुनरलाल महता गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै बसमा सवार मोरङ केराबारी गाउँपालिका ५ बस्ने ३४ वर्षीय कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगंज २१ बस्ने ३७ वर्षीय शान्ति खड्का, उनका ४ वर्षीय छोरा सम्पूर्ण खड्का, सोही ठाउँका २१ वर्षीय लक्ष्मी गिरी र उनको ७ वर्षीया छोरी आयुषा गिरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung