
रोल्पा । रोल्पामा अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट गराएका छन् ।
नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अहिले मुख्यमन्त्रीकाे कार्यक्रम चलिरहेकाे प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सीले जानकारी दिए ।
फाइल तस्बिर