२२ असार २०८२, आईतवार

 

चट्याङ लाग्दा एकको मृत्यु

बागलुङ । जिल्लाको गल्कोटमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। गल्कोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गा, साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल चट्याङ लागेर पूर्णा श्रीसको मृत्यु भएको हो।

घरको नजिकै कुरसुलामा घाँस काटिरहेकी ३८ वर्षिय श्रीसको चट्याङको कारण मृत्यु भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिएका छन्।

मृतकको शव पोष्टमर्टमका लागि इलाका प्रहरी कार्यालय, हरिचौर लैजाने तयारी गरिएको बताईएको छ। सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung