४ जेष्ठ २०८१, शुक्रबार

 

शिक्षा सुधार्न अनुगमन समिति

गल्कोट नगरपालिका–११ को शैक्षिक सुधारका लागि भन्दै वडास्तरीय शिक्षा अनुगमन समिति गठन गरिएको छ ।

वडाध्यक्ष डम्बरबहादुर श्रीशको संयोजकत्वमा गठित समितिमा वडा सदस्य दलबहादुर बुढाथोकी, रत्नलक्ष्मी माविका प्रधानाध्यापक तुलबहादुर श्रीश, बालज्योति प्राविका प्रधानाध्यापक सिर्जना घर्ती, मनेवा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पूर्ण थापा छन् ।

वडा कार्यालयको आयोजनामा भएको सरोकारवाला, प्रधानाध्यापक तथा अंग्रेजी शिक्षकसहितको भेलाले नारायण पौडेलको संयोजकत्वमा अंग्रेजी विषयगत शिक्षक समिति पनि गठन गरेको छ ।

समिति सदस्यहरूमा सीता भट्टराई, मनु सिँजाली, सोम मगर, ज्ञानु चालिसे, होमबहादुर श्रीश, खड्कबहादुर श्रीश, गीता पौडेल छन् ।

भेलाले आगामी वर्षदेखि कक्षा १ देखि ३ सम्म दिवाखाजा व्यवस्था गर्ने, वडाभर अंग्रेजी माध्यममा पढाउने गरी एकरूपता ल्याउने, शिक्षकहरूलाई मन्टेस्सोरी तालिम व्यवस्था गर्ने, सबै विषयका विषयगत समिति गठन गर्नेलगायत निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति सदस्य रूपा विकसहितको भेला वडाध्यक्ष डम्बर श्रीशको अध्यक्षता, वडा सदस्य दलबहादुर बुढाथोकीको स्वागत मन्तव्य तथा वडा सचिव डिलबहादुर श्रीशको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्