गृह मन्त्रालयले बागलुङ सहित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं गृह मन्त्रिस्तरको निर्णयानुसार पदस्थापन र सरुवा गरिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको बाँके सरुवा गरिएको छ।
गृह मन्त्रालयले रिजाललाई झण्डै ८ महिना अघि बागलुङमा सरूवा गरेर पठाएको थियो। गृहमन्त्रालयका सह-सचिव नेत्रप्रसाद सुवेदीलाई बागलुङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने गृहमन्त्रालयका सह-सचिव केदारनाथ शर्मालाई छिमेकी जिल्ला पर्वतको पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
बागलुङको प्रमुख जिल्ला अधिकारीमा आउन लाग्नु भएका सुवेदी केही वर्ष पहिले कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा प्रमुख कोष नियन्त्रकको रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।













































































































































































































