२ श्रावण २०८३, शनिबार

 

घरमै पुगेर प्रजिअ आचार्यले दिए अपाङ्गता भएकी महिलालाई नागरिकता

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-६ अर्जेवाकी ५५ वर्षीया अपाङ्गता महिला जुना नेपालीलाई जिल्ला प्रशासन कार्यालय बागलुङले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

आइतबार नेपालीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यसहितको टिमले उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र प्राप्त गर्न वञ्चित भएकी नेपाली सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित भएकी थिइन ।

नेपालीले नागरिकतासँगै अपाङ्गता परिचयपत्र पनि प्राप्त गरेकी छिन् ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन र उपप्रमुख हरिहर शर्माले पनि नेपालीको घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेका छन् ।

नागरिकता नहुँदा राज्यका विभिन्न सेवा–सुविधाबाट वञ्चित रहेकी अपाङ्गता भएकी नेपालीले अब नागरिकता प्राप्त गरेसँगै सरकारी सेवामा पहुँच पाउने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung