३० भाद्र २०८३, मंगलवार

 

बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा सुवेदी

बागलुङ । गृह मन्त्रालयले बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा गंगालाल सुवेदीलाई खटाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि रिक्त रहेको पदमा सुवेदीलाई खटाइएको हो। सुवेदी यसअघि गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।

जिल्ला प्रशासन कार्यालय बागलुङमा आउनुभएका सुवेदीलाई सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्वागत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung