१३ कार्तिक २०८३, बिहीबार

 

विपद्मा सघाउन बागलुङका छ स्थानीय तहलाई तत्काल दुई करोड अनुदान

बागलुङ । संघीय सरकारले पहिलो चरणमा बागलुङका छ पालिकालाई विपद्मा सघाउन दुई करोड अनुदान उपलब्ध गराएको छ ।

​असोज ११ गतेको बाढीपहिरोबाट ठूलो धनजनको क्षति पुगेको बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा संगै अनुदान पठाईएको हो ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा पहिलो चरणमा तत्कालै गर्नुपर्ने विपद्जन्य कामका लागि छ स्थानीय तहलाई दुई करोड राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

पालिकाले विपद्पछि तत्कालै गर्नुपर्ने सडक सुचारु, खानेपानी मर्मत, विद्यालयमा पठनपाठको वातावरण बनाउने लगायतमा खर्च गर्न पाउने प्रजिअ आचार्यले बताउनुभयो ।

​बाढीपहिरोले ठूलो क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माण र राहत वितरणलाई तीव्र बनाउने उद्देश्यले सरकारले जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका सबै वडा र निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणागरेको पालिकालाई रु। ४० लाखका दरले र आंशिकरुपमा घोषणा गरिएको निसीखोला र तमानखोलालाई रु। २० लाखका दरले गरी रु। दुई करोड अनुदान रकम आएको छ ।

गत असोज ११ गते आएको बाढीपहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung