१३ कार्तिक २०८३, बिहीबार

 

उद्योग व्यापार महासंघद्वारा साहनीको स्मृतिमा शोकसभा, परिवारजनमा समवेदना

बागलुङ । नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय समितिले महासंघका केन्द्रीय सदस्य चित्र साहनीकी आमा रम्बी कुमारी साहनीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

गलकोट नगरपालिका–६, मजुवाफाँट निवासी साहनीको ७६ वर्षको उमेरमा गत कात्तिक ३ गते निधन भएको थियो ।

बुधबार आयोजित श्रद्धाञ्जली सभामा नेपाल उद्योग व्यापार महासंघका सचिव मुकेशचन्द्र राजभण्डारी, केन्द्रीय सदस्य हर्क थापा, गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखाल र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका पूर्वअध्यक्ष राजबहादुर थापाले दिवंगत साहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

त्यसैगरी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कार्यसमिति सदस्य राजन शर्मा, दुर्गा विक, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका अध्यक्ष हेमलाल पौडेल, नेकपा बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ र नेकपा गलकोट नगर समितिका अध्यक्ष गंगा भुजेलले पनि दिवंगत साहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

सभामा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले केन्द्रीय सदस्य चित्र साहनीकी आमा रम्बी कुमारी साहनीको निधनप्रति दुःख व्यक्त गर्दै पठाएको शोक सन्देश वाचन गरिएको थियो ।

कार्यक्रममा परिवारका तर्फबाट छोरा चित्र साहनी र नाति प्रताप साहनीले श्रद्धाञ्जली सभामा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

नेपाल उद्योग व्यापार महासंघका कार्यवाहक सचिव मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कार्यसमिति सदस्य राजन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung