१२ कार्तिक २०८३, बुधबार

 

एनपीएल सिजन ३ प्रत्यक्ष रुपमा डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्नपाइने

बागलुङ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।

डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्नेछन् ।

खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ। सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५  बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

क्रिकेटप्रेमी दर्शकहरूले डिसहोममार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन्।

डिसहोमले एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ भन्ने स्लोगानका साथ आफ्नो सेवा क्रिकेटप्रेमी दर्शकहरूमा समर्पित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung