बागलुङ । जिल्ला साइक्लिङ संघ बागलुङको अध्यक्षमा केवी शाही सर्वसम्मत चयन भएका छन्।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा गोपाल विक चयन भएका छन्। सदस्यमा निर्मल जिसी, जोहन राजभण्डारी र सुलभ श्रीष चयन भएका छन्।
त्यस्तै, संघको निर्वतमान अध्यक्षमा निशान खड्कालाई र सल्लाहकारमा राजेश बास्कोटालाई चयन गरिएको छ। संघको बैठकले प्रदेश समितिमा जिल्ला साइक्लिङ संघको प्रतिनिधित्व गर्ने जिम्मेवारी अध्यक्ष शाहीलाई प्रदान गरेको छ।
शाहीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले बागलुङमा साइक्लिङ खेलको संरक्षण, विकास र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साइक्लिङ खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन, जनचेतना अभिवृद्धि गर्नुका साथै खेलाडीको सहभागिता बढाउने कार्यक्रमलाई प्राथमिकता दिइने संघले जनाएको छ।
संघले जिल्लामा साइक्लिङ खेलको सम्भावनालाई थप उजागर गर्दै नयाँ खेलाडी उत्पादन र खेलको संस्थागत विकासमा समेत काम गर्ने जनाएको छ।
















































































































































































