२१ कार्तिक २०८३, शुक्रबार

 

जिल्ला बाल सञ्जालको अध्यक्षमा श्रीष

बागलुङ । जिल्ला बाल सञ्जालको अध्यक्षमा रश्मी श्रीष चयन हुनुभएको छ । बागलुङ बजारमा आयोजित जिल्ला बाल सञ्जाल पुनर्गठन कार्यक्रमबाट जैमिनी नगरपालिका–१०, राङ्खानीस्थित राङ्खानी माध्यमिक विद्यालयका श्रीष सर्वसम्मत अध्यक्षमा चयन भएको हो ।

एकृकित सेवा कार्यालय बागलुङको आयोजनामा गरिएको पुर्नगठन कार्यक्रममा बागलुङ नगपालिकाका नगर–उपप्रमुख राजु खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटपछि राजु खड्काले बालबालिकाको हित र उनिहरुको अधिकारका लागि एकताबद्ध बालबालिका हुन आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, एकिकृत सेवा कार्यालयका प्रमुख पारसिङ थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 सञ्जालको उपाध्यक्षमा निसीखोला गाउँपालिका–३ स्थित प्रभा माध्यमिक विद्यालयका फूलमाया सुनार, सचिवमा गलकोट नगरपालिका–९ स्थित भैरव माध्यमिक विद्यालयका समिर गौतम चयन हुनुभएको छ।

त्यस्तै, सहसचिवमा अञ्जली केसी, कोषाध्यक्षमा आयुष्मा थापा चयन हुनुभएको छ । सदस्यहरूमा शर्मिला वर्मा, सुदर्शन चालिसे, दिपिना नाइसा मगर, कृषा भुषाल, हंसिका महत, अनुसा कँडेल, सुवास्ना केसी, संयोग पन्त, रेश्मा रसाइली र उषा पौडेल रहनुभएको छ ।

एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा भएको पुनर्गठन कार्यक्रममा जिल्लाका १० स्थानीय तहबाट पाँच–पाँच जनाका दरले प्रतिनिधिमूलक रूपमा बालबालिकाको सहभागिता रहेको थियो ।

जिल्ला बाल सञ्जालको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि २०८२ जेठ २५ गते सञ्जालको अध्यक्षमा संस्कार गौतम रहनुभएको थियो ।

जिल्ला बाल सञ्जालले स्थानीय तहमा बालमैत्री विकासका लागि बहस, पैरवी तथा बालबालिकाको सहभागिता अभिवृद्धि गर्नुका साथै बालअधिकारको संरक्षण र प्रचारप्रसारका क्षेत्रमा काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung