काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध रिट दायर गर्न कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
कार्कीका तर्फबाट अधिवक्ता टेकबहादुर कुँवरले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् । कार्कीले अधिवक्ता कुँवरलाई आफ्नो वारेसको जिम्मेवारी दिएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
कार्कीको स्थानमा एआईजी मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरिएको थियो । केसीले नयाँ आईजीपीका रूपमा कार्यभारसमेत सम्हालिसकेका छन् ।



















































































































































































































