२० कार्तिक २०८३, बिहीबार

 

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

बागलुङ। बागलुङदेखि सुनौलीसम्मको यात्रालाई सहज र सुविधाजनक बनाउने उद्देश्यले स्तरीय बस सेवा सञ्चालनमा आएको छ ।

धौलागिरि–गण्डकी यातायात प्रालिले बागलुङ हुँदै सुनौली तथा बेनीदेखि सुनौलीसम्म नियमित बस सेवा सुरु गरेको हो ।

नयाँ बस सेवाको शुभारम्भ बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनि केसीले गर्नुभएको थियो ।

शुभारम्भ कार्यक्रममा वडाध्यक्ष केसीले नयाँ बस सेवाले यात्रुलाई गुणस्तरीय र आरामदायी सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रालिका अध्यक्ष उमेश केसीका अनुसार यात्रुको सुविधालाई ध्यानमा राखेर नयाँ बस सञ्चालनमा ल्याइएको हो । बसमा २र१ सिटिङ व्यवस्था रहेको छ भने २९ सिट क्षमता छ ।

नयाँ सेवाअन्तर्गत बागलुङदेखि सुनौलीसम्मको भाडा एक हजार ९५० रुपैयाँ र बेनीदेखि सुनौलीसम्मको भाडा दुई हजार १०० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

बस सेवा सञ्चालनमा आएसँगै बागलुङ र बेनी क्षेत्रका यात्रुलाई सुनौलीसम्मको यात्रा सहज र आरामदायी हुने अपेक्षा गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung