बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका शेयर सदस्य चित्रबहादुर साहनी क्षेत्रीकी आमा रम्बी कुमारी साहनीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
गलकोट नगरपालिका–६, मजुवाफाँट निवासी साहनीको ७६ वर्षको उमेरमा गत कात्तिक ३ गते निधन भएको थियो ।
बुधबार आयोजित श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपाध्यक्ष अर्जुन चोखाल, कार्यसमिति सदस्य राजन शर्मा,हेमलाल पौडेल र लेखा समिति संयोजक निर्मलबहादुर श्रेष्ठले दिवंगत साहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रममा परिवारका तर्फबाट छोरा चित्र साहनी र नाति प्रताप साहनीले श्रद्धाञ्जली सभामा सहभागी भई दुःखमा साथ दिएकोमा सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा उपाध्यक्ष अर्जुन चोखालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















































































































































































































