बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङ र काठेखोला गाउँसमितिले चन्द्रकलि थापाको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।
काठेखोला गाउँपालिका–१ करिना निवासी थापाको ८० वर्षको उमेरमा गत कात्तिक ३ गते निधन भएको थियो । उहाँ जनयुद्धका सहिद धनबहादुर थापा ‘सुशील’की आमा हुनुहुन्थ्यो ।
श्रद्धाञ्जली सभामा नेकपा बागलुङका संयोजक प्रकाश घर्ती, पूर्वसंयोजक राजिव घिमिरे, काठेखोला गाउँसमितिका अध्यक्ष टिका थापा, ईन्चार्ज गगन पुन मगर र जिल्ला सदस्य एनबी लामिछानेले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
दिवंगत थापाका छोराछोरी रामबहादुर थापा, खडक थापा, रतन थापा, मिलन थापा, सेती थापा र कौशिला थापासहित परिवारजनप्रति सहभागीहरूले समेवेदना प्रकट गरेका थिए ।
कार्यक्रममा परिवारका तर्फबाट छोरा मिलन थापाले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेकपा काठेखोला गाउँसमितिका अध्यक्ष टिका थापाको अध्यक्षता र जिल्ला सदस्य एनबी लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































