बागलुङ। नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पश्चिम बागलुङमा बाढि, पहिरो र हावाहुरीबाट भएको क्षतिको स्थलगत निरिक्षण गर्नुभएको छ ।
असोज ९,१० र ११ गते आएको बाढीका कारण क्षति पुगेको गलकोटदेखि निसीखोला सम्मको स्थलगत निरिक्षण गर्नुभएको लम्सालले सरकारले संकट ग्रस्त घोषणा गरेको पालिकालाई पुनरुत्थान पहिलो प्राथमिकता राखेको बताउनुभएको छ ।
उहाँले खानेपानी, विद्युतलाई नियमित बनाउदै सडक र निजी आवास पुननिर्माणमा जोड दिनुभएको छ ।
शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरिक्षणपछि मन्त्री लम्सालले बाढीपहिरोबाट क्षति पुगेको संरचना र निजी आवासलगायतको निरिक्षण गर्नुभएको थियो ।

मन्त्री लम्सालले क्षतिपुगेको सडक र बाढीपहिरोबाट घरबारविहनीलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढिसकेको बताउनुभयो ।
उहाँले बाढी पहिरो पीडितलाई खानपानको लागि मासिक १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्यक छ पापालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाखको दरले रकम पठाउने तयारी रहेको जानकारी दिनुभयो ।
मन्त्री लम्सालले बाढीग्रस्तक्षेत्र गलकोट स्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगर लगायतको स्थलगत निरिक्षण गर्नुभएको थियो ।
मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा. विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी थिए ।



















































































































































































































