६ कार्तिक २०८३, बिहीबार

 

३३ अर्ब रुपैयाँ लगानीसहित सिटिजन लाइफलाई प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै

बागलुङ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ३३ अर्ब रुपैयाँको लगानीसहित आफ्नो वित्तीय आधार थप सुदृढ बनाउँदै सेवा प्रवाहलाई प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीको नवौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै सिटिजन लाइफले डिजिटल सेवा, प्रविधिमा आधारित प्रक्रिया, छिटो तथा सहज सेवा र विश्वसनीय दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको जनाएको हो।

कम्पनीले यस वर्ष ‘चुनौतीपूर्ण तर हासिल गर्न सकिने, आक्रामक तर दिगो’ (Challenging but Achievable, Aggressive but Sustainable) भन्ने मूल भावनालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ। यस अवधारणाअनुसार कम्पनीलाई थप सुदृढ, प्रविधिमैत्री र ग्राहकको आवश्यकतामा केन्द्रित बनाउने लक्ष्य राखिएको छ।

वार्षिकोत्सवको सन्देशमा कम्पनीले ग्राहकको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिएको उल्लेख गरेको छ। यही विश्वासलाई थप मजबुत बनाउँदै जीवन बीमामार्फत परिवारको सुरक्षा, आर्थिक स्थायित्व र समृद्धिको यात्रामा प्रभावकारी साझेदार बन्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

कम्पनीले ग्राहकको अनुभव सुधार गर्न डिजिटल माध्यमबाट सेवा विस्तार गर्ने, प्रक्रियालाई सहज बनाउने तथा दाबी भुक्तानीलाई छिटो र विश्वसनीय बनाउने प्रयास जारी राखेको जनाएको छ। बीमितलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकतामा रहेको सन्देशमा उल्लेख छ।

यस वर्षको वार्षिकोत्सव प्राकृतिक विपद्का कारण विभिन्न परिवारले आफ्ना प्रियजन गुमाउनुपरेको तथा घर, सम्पत्ति र पूर्वाधारमा क्षति पुगेको संवेदनशील परिस्थितिमा परेको कम्पनीले जनाएको छ। यस्तो कठिन समयमा विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कम्पनीले सबै मिलेर सामान्य जीवनमा फर्किने र नयाँ आशाका साथ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

सिटिजन लाइफले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहक, सिटिजन लिडर्स, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, ब्रान्ड एम्बेसडर, सञ्चारकर्मी, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

यसैगरी, विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठलगायतका चाडपर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि ग्राहकको विश्वासलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung