बागलुङ । वडादसैँको अवसरमा बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ ।
दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल बन्द हुँदा सुनसान रहेको मन्दिरमा पुल सञ्चालनमा आएसँगै भक्तजनको चहलपहल बढेको हो ।
घटस्थापनाको भोलिपल्ट असोज २६ गते पुल सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या बढ्दै गएको र बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो
शनिबार फूलपातीका दिन मन्दिरमा अत्यधिक संख्यामा दर्शनार्थी आएको उहाँले जानकारी दिनुभयो ।
यसपटकको दसैंमा पाँच लाख भक्तजन आउने अनुमान रहेपनि शुरुमा बाढी पहिरोको प्रभावले कम भक्तजन आएका थिए । फूलपातीको दिन कालिका मन्दिरमा दसैं शुरुभए यताकै भीड लागेको थियो ।
प्रसिद्ध शक्तिपीठका रूपमा रहेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । चितवन, बुटवल, स्याङ्जा, पोखरा तथा छिमेकी जिल्लाबाट दर्शनार्थी आउने गरेको गुठीका अध्यक्ष खड्काले बताउनुभयो ।
पोखराबाट आउनुभएका कालिका मन्दिर दर्शनको लागि आउनुभएका अभिषेक बगालेले प्रत्येक दसैंमा कालिका भगवतीको दर्शन गर्न आउनेगरेको बताउनुहुन्छ ।
मालढुङ्गाको पुल बन्द हुँदा बागलुङ भित्रिने तथा बाहिरिने यात्रुको आवागमन प्रभावित भएको थियो । पुल सञ्चालनमा आएपछि सडक यातायात सहज भएसँगै दसैँ मनाउन घर फर्किने र मन्दिर दर्शनका लागि आउनेको चहलपहल बढेको हो ।
होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनयता बागलुङमा चहलपहल बढेको बताउनुभयो ।
१५ दिन मुख्य नाकाको रुपमा रहेको पसल बन्द हुँदा पर्यटनमा ठूलो असर परेपनि असोज २६ गते यता क्रमश चहलपहल बढेको बताउनुभयो ।
धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा दसैँ र चैतेदसैँका अवसरमा विशेष चहलपहल हुने गरेको छ ।
बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरको इतिहास तत्कालीन पर्वत र पाल्पा राज्यका राजपरिवारसँग जोडिएको छ । मन्दिरको स्थापना विसं १५९१ मा भएको थियो ।























































































































































































