४ कार्तिक २०८३, मंगलवार

 

बागलुङमा आठ लाखको सुनको सिक्री लुट्ने दुई जना पक्राउ

बागलुङ । बागलुङ नगरपालिका-२, हल्लनचोकमा ७० वर्षीया कृष्ण माया पुनको घाँटीबाट सुनको सिक्रि लुट्ने दुईजना पक्राउ परेका छन् ।

रु आठ लाख मूल्य बराबरको २.७८ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेका पर्सा वीरगन्ज महानगरपालिका-२ बस्ने १९ वर्षीय रविन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट उक्त सुनको सिक्री बरामद गरी बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung