बागलुङ । निसीखोला गाउँपालिका–४ बोहरागाउँस्थित लिटिल रोज बोर्डिङ स्कुलको पुनः सञ्चालन र पठनपाठन सुरु गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० बागलुङले ५ लाख ८८ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ ।
गत असोज ११ गते निसीखोलामा आएको बाढीबाट क्षति पुगेको विद्यालयको भौतिक संरचना पुनर्निर्माण तथा शैक्षिक वातावरण पुनःस्थापना गर्न प्याब्सनले उक्त सहयोग गरेको हो ।
प्याब्सन बागलुङका अध्यक्ष दल थापाले विद्यालयका प्रिन्सिपल प्रेमप्रसाद सापकोटालाई ४ लाख ७८ हजार रुपैयाँ नगद र १ लाख १० हजार रुपैयाँ बराबरका जिन्सी सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्याब्सन बागलुङले जिल्लाभरका २९ सदस्य विद्यालयबाट आर्थिक सहयोग संकलन गरी बाढी प्रभावित विद्यालयलाई उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उक्त सहयोग विद्यालयको भौतिक संरचनाको पुनर्निर्माण, शैक्षिक वातावरणको पुनःस्थापना र पठनपाठन सञ्चालन गर्न सहयोग पुग्ने प्रिन्सिपल सापकोटाले बताउनुभयो ।



















































































































































































































