१५ कार्तिक २०८३, शनिबार

 

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन बागलुङको अध्यक्षमा विष्णुप्रसाद शर्मा

बागलुङ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन बागलुङको आठौँ अधिवेशनले अधिवक्ता विष्णुप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

‘व्यावसायिक एकता र न्यायको पक्षमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अधिवक्ता युक्तजंग राजभण्डारी, सचिवमा अधिवक्ता केदारनाथ शर्मा उपाध्याय र कोषाध्यक्षमा अधिवक्ता आनन्दराज गौतमलाई चयन गरेको छ।

त्यसैगरी सदस्यहरूमा अधिवक्ता डा दिल्लीराज गौतम, अधिवक्ता नरेन्द्रबहादुर केसी, अधिवक्ता यामबहादुर चर्मकार, अधिवक्ता बलराम शर्मा र अधिवक्ता रामकृष्ण शर्मा चयन भएका छन्।

अधिवेशनमा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवाल, पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्याय, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनका केन्द्रीय सदस्य अधिवक्ता राम शर्मा, अधिवक्ताहरू राजुप्रसाद गौतम, ममता देवी शर्मा र राधाकृष्ण ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम संगठनका बागलुङ अध्यक्ष अधिवक्ता हरिकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष अधिवक्ता युक्तजंग राजभण्डारीको स्वागत र सचिव अधिवक्ता विष्णुप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung