६ भाद्र २०८३, शनिबार

 

प्रधानन्यायाधीश शर्माद्वारा कालिका भगवती मन्दिर दर्शन

बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा पुग्नुभएको छ ।

शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिरको प्रधानन्यायाधीश शर्माले आज बिहान मन्दिरको पुजा–आजा सहित कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो ।

अदालतहरुको स्थलगत अनुगमन तथा भ्रमणका लागि बागलुङ आउनुभएको शर्मा परिवारका सदस्य तथा न्यायाधिसहरु सहित आज बिहान कालिका मन्दिर दर्शन गर्न आउनुभएको कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।

शर्मालाई गुठी व्यवस्थापन समितिको तर्फबाट कालिका मन्दिरको तस्विर समेत मायाको चिनोका रुपमा प्रदान गरिएको थियो । शर्माले आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung