बागलुङ । एउटा क्यानले भाग्य चम्काउन सक्छ भन्ने उदाहरण बनेका छन् नुवाकोटको ककनीका प्रदीप लामा। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्।
म्याक्स टाइगरको यस अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ। अभियानअन्तर्गत प्रदीपले प्रोटोन कार जित्दा देशका विभिन्न स्थानका अन्य २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्।
कार जितेपछि प्रदीपले खुसी व्यक्त गर्दै एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्ने कल्पनासमेत नगरेको बताए। कार जितेको खबर सुन्दा सुरुमा विश्वास गर्न नसकेको बताउँदै उनले यो आफ्नो मात्र नभई परिवारकै लागि खुसीको क्षण भएको प्रतिक्रिया दिए। उनले म्याक्स टाइगरलाई धन्यवादसमेत व्यक्त गरे।
अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन्। मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन्।
त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।
त्यसैगरी स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्।
सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन्।
म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन्। अझै ८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ। अझै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।



















































































































































































































