१ मंसिर २०८३, मंगलवार

 

बागलुङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर ४ गते, उद्घाटन गर्न देउवा आउने

बागलुङ । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट अलग रहेको शेरबहादुर देउवा पक्षले बागलुङमा जिल्ला अधिवेशन गर्ने भएको छ । मंसिर ४ गते हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ ।

बागलुङ बजारस्थित समीक्षालय चोकमा अधिवेशनको उद्घाटन कार्यक्रम आयोजना गरिएको जिल्ला संयोजक सागर छन्त्यालले जानकारी दिनुभयो ।

वडा, पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि देउवा पक्षले जिल्ला अधिवेशन गर्न लागेको हो । अधिवेशनमा जिल्लाभरबाट करिब एक हजार ७०० प्रतिनिधि सहभागी हुने छन्त्यालले बताउनुभयो ।

अधिवेशनका लागि तयारी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि विशेष महाधिवेशनमार्फत १५औँ महाधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको गगन थापा समूहले भने बागलुङमा जिल्ला अधिवेशन गर्ने मिति तय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung