१६ कार्तिक २०८३, आईतवार

 

आईएमई लाइफ इन्स्योरेन्स बागलुङद्वारा उत्कृष्ट अभिकर्तालाई ‘ब्रान्च स्टार अवार्ड’ प्रदान

बागलुङ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै ‘ब्रान्च स्टार अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।

शाखाका सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, एमडीआरटी (MDRT) तथा विभिन्न अभिकर्ताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

कार्यक्रममा शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक रूपमा लाभदायक बीमा सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा प्रदेश उपप्रमुख सुरेश बरालले अभिकर्ताहरूको मेहनत, लगनशीलता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनीहरूलाई थप उत्साहित र प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रमले अभिकर्ताहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर निर्मला शर्मा अधिकारी, एजेन्सी म्यानेजर नेत्रप्रसाद सापकोटा र स्टार एजेन्सी म्यानेजर ममता देवी शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाको अध्यक्षता, एजेन्सी म्यानेजर शारदा सापकोटाको स्वागत र कर्मचारी शिव प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung