१५ कार्तिक २०८३, शनिबार

 

पर्वतको नाग्लिवाङमा अज्ञात पुरुषको शव फेला

बागलुङ । बागलुङ र पर्वत जोड्ने पुलभन्दा केही माथि अज्ञात पुरुषको शव फेला परेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव स्थानीयवासीले धानबारी हेर्न जाने क्रममा फेला पारेका हुन् ।

वडाध्यक्ष हरि विकास जिसी सहित पुगेको स्थानीयले प्रहरीलाई खबर गरेपछि शव प्रदेश अस्पताल पर्वत लगिएको छ ।

शव घोप्टो परेको अवस्थामा फेला परेको हो । मृतकले कटराइजको हाफ पाइन्ट, जिन्सको ज्याकेट र जुत्ता लगाएको बताइएको छ ।

शवमा कमिला लागेको अवस्थामा भेटिएकाले एक दिनअघि नै मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung