बागलुङ । चाडपर्वलाई लक्षित गरी बागलुङमा संयुक्त बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा विभिन्न निकायको सहभागितामा मिठाइ पसललगायत अन्य व्यवसायको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मिठाइ व्यवसायीले अनिवार्य रूपमा लेबल विवरण राख्नुपर्ने विभागीय निर्देशन पालना गरे नगरेको निरीक्षण गरिएको थियो ।
अधिकांश व्यवसायीले उक्त व्यवस्था कार्यान्वयन गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उपभोक्ताको हित संरक्षणका लागि जारी गरिएका निर्देशन कार्यान्वयनमा व्यवसायीले सहयोग गरेको पाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
साथै आगामी दिनमा पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर मापदण्ड पालना गर्न र बजार अनुगमनमा सहकार्य गर्न व्यवसायीलाई आग्रह गरेको छ ।



















































































































































































































