बागलुङ । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशले महासंघका केन्द्रीय सदस्य चित्र साहनीकी आमा रम्बी कुमारी साहनीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
गलकोट नगरपालिका–६, मजुवाफाँट निवासी साहनीको ७६ वर्षको उमेरमा गत कात्तिक ३ गते निधन भएको थियो ।
बुधबार श्रद्धाञ्जली सभामा नेपाल उद्योग व्यापार महासंघका सचिव मुकेशचन्द्र राजभण्डारी, केन्द्रीय सदस्य हर्क थापा, गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका पूर्वअध्यक्ष तथा वडा अध्यक्ष राजबहादुर थापाले दिवंगत साहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
त्यस्तै, जिल्ला समन्वय समितिका सदस्य हर्क पाण्डे, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कार्यसमिति सदस्य तथा नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बागलुङका वरिष्ठ उपाध्यक्ष राजन शर्मा, उपाध्यक्ष दुर्गा विक, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर अध्यक्ष हेमलाल पौडेल, नेकपा बागलुङ नगरपालिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, नेकपा गलकोट नगर समितिका अध्यक्ष गंगा भुजेलले पनि दिवंगत साहनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रममा परिवारका तर्फबाट छोरा चित्र साहनी र नाति प्रताप साहनीले सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




















































































































































































































