बागलुङ । नेपाली कांग्रेस बागलुङको नियमित १५औँ जिल्ला अधिवेशनले सागर छन्त्याललाई जिल्ला सभापतिमा चयन गरेको छ।
शुक्रबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले छन्त्यालको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
यसअघि जिल्ला उपसभापति रहेका छन्त्याल जिल्ला संयोजकसमेत बनेका थिए।
अधिवेशनबाट जिल्ला उपसभापतिमा महेन्द्र आचार्य र शैलेश घर्तीमगर चयन भएका छन्। त्यसैगरी सचिवमा सन्तोष कुँवर र धर्मबहादुर घर्तीमगर तथा सहसचिवमा ढालेन्द्र छन्त्याल र मिलन केसी चयन भएका छन्।
अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए।



















































































































































































































