५ मंसिर २०८३, शनिबार

 

बैंकर्स क्लब बागलुङको अध्यक्षमा सोकेन्द्र थापा मगर, सचिवमा ओमप्रकाश पौडेल

बागलुङ । बैंकर्स क्लब बागलुङको अध्यक्षमा सोकेन्द्र थापा मगर चयन भएका छन्।

विहिबार सम्पन्न क्लबको अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा दिनानाथ तिवारी, सचिवमा ओमप्रकाश पौडेल र कोषाध्यक्षमा मणिप्रसाद बस्याल चयन भएका छन्। त्यसैगरी पदेन सदस्यमा श्रीजय श्रेष्ठ तथा सदस्यमा राजकिरण देशार र राजेन्द्र सुवेदी चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको जानकारी प्रमुख निर्वाचन अधिकृत सुजन पराजुलीले दिएका हुन्।

बैंकर्स क्लब बागलुङले क्लबमा आबद्ध बैंकका कर्मचारीहरूको हकहित संरक्षणसँगै उनीहरूको नेतृत्वमा हुने सामाजिक सेवाका गतिविधिलाई प्रोत्साहन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung