२ मंसिर २०८३, बुधबार

 

जैमिनी नगरपालिका सुकुम्बासी समस्या मुक्त पालिका घोषित

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ ।

भूमि समस्या समाधान समितिले देशभरका पाँच स्थानीय तहलाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि परेको हो ।

समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।

जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार तीन लाख रुपैयाँका दरले कुल ५४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

उक्त सहयोगबाट ती परिवारले लालपुर्जासहित घर प्राप्त गरेपछि नगरपालिकामा सुकुम्बासी समस्या नरहेको विवरण भूमि समस्या समाधान समितिमा पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

उनका अनुसार सुकुम्बासी परिवारलाई जग्गा र आवासको व्यवस्था गरेपछि पालिकालाई समस्या मुक्त घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung