२७ कार्तिक २०८३, शुक्रबार

 

पर्यटनमा चलायमान ढोरपाटन : विदेशी सिकारमा स्वदेशी दृश्यावलोकनमा

बागलुङ। प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमश्रृङ्ला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा र प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन् ।

नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एकमात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ ।

असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेकोे छ ।

यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।

विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताउनुभयो ।

विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।

कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको रोजाइमा समेत पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् ।

विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उहाँले बताउनुभयो । ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् ।

सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारीसमेत खटिने गर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।

विभागले वर्षमा दुई सिजनमा सिकार खेलाउने गरेको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung