२२ कार्तिक २०८३, आईतवार

 

बागलुङ नगरपालिकाको कुकुर होस्टेलमा कुकुर तिहार मनाइयो

बागलुङ । बागलुङ नगरपालिकाले स्थापना गरेको कुकुर होस्टेलमा आज कुकुर तिहार मनाइएको छ ।

नगर प्रमुख बसन्त कुमार श्रेष्ठ सहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतले कुकुर तिहार कुकुर होस्टेलमा पुगेर मनाएका हुन् । उनिहरुले कुकुरलाई खाना खुवाईदै कुकुरको पूजा आजा गरिएको छ ।

कुकुरहरुलाई खाना खुवाएपछि बोल्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले कुकुर तिहारमा मात्रै कुकुरलाई माया र सद्घाव देखाउने अवस्थाको नगरपालिकाले अन्त गरेको बताउनुभयो ।

श्रेष्ठले कुकुर होस्टेलका कारण कुकुर र समुदाय दुबैलाई फाइदा पुगेको बताउनुभयो । भुसिया कुकुरका कारण समुदाय त्रसित हुनुपर्ने अवस्थाको हन्त्य गर्न नगरपालिकाले कुकुर होस्टेल सञ्चालनमा ल्याएको बताउनुभयो ।

बागलुङ नगरपालिका–३ स्थित कुकुर होस्टेल करोड लागनीमा सञ्चालित छ । ५० वटा भुस्यिाहा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा नागकिरलाई दुःख दिएका ३० भुस्यिाहा कुकुरलाई होस्टेल राखिएको बागलुङ नगपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख खर्च गरेर होस्टेल बनाइएको हो ।

नगरपालिकाले कुकुरलाई आवास, खानपान र खुल्ला चौरमा समेत बस्ने व्यवस्था मिलाएको छ । कार्यक्रममा बानपा–३ का वडा अध्यक्ष लक्ष्मण केसीले समापन मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन पशु शाखा प्रमुख मित्र सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung