बागलुङ । बागलुङ नगरपालिका–३ किनारा टोलस्थित नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था र नयाँ विश्व पत्रिकाको प्रकाशन संस्था नागरिक सञ्चार प्रालिको कार्यालयमा सोमबार लक्ष्मीपूजा गरिएको छ ।
लक्ष्मीपूजाका अवसरमा सहकारीका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र नागरिक सञ्चार प्रा.लि.का अध्यक्ष माधव शर्माले संयुक्त रूपमा पूजा आराधना गर्नुभएको थियो ।
पूजामा सल्लाहकार राजीव घिमिरे, सहकारीका कार्यसमिति सदस्य हेमलाल आचार्य, शेयर सदस्यहरू राजेश राजभण्डारी, वेदना राजभण्डारी र सरिता राजभण्डारी, ऋण उपसमिति संयोजक मनकाजी विश्वकर्मा, सदस्य यामलाल शर्मा तथा शिक्षा समितिका सदस्य गोकुलप्रसाद कँडेललगायतको सहभागिता रहेको थियो ।



१०१ जना शेयर सदस्य रहेको नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर पुँजी ८१ लाख रुपैयाँ रहेको छ । विसं २०७७ पुस १० गते २५ जना शेयर सदस्यको पहलमा स्थापना भएको सहकारीले हाल चार जनालाई रोजगारीसमेत प्रदान गरेको छ ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाउने परम्परा छ । यस दिन घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ ।
पैसालाई लक्ष्मीको प्रतीकका रूपमा मान्ने धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार आर्थिक कारोबार हुने कार्यालय, व्यापारिक प्रतिष्ठान र घरघरमा लक्ष्मीपूजा गर्ने परम्परा रहँदै आएको छ ।





















































































































































































































