बागलुङ । दीपावलीका अवसरमा क्यान्डल बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय थमबहादुर पुनको घरमा बालिएको क्यान्डलबाट आगो सल्किएको थियो। आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा क्षति भएको निमित्त वडाध्यक्ष प्रेमबहादुर बुढामगरले जानकारी दिनुभयो।
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। समयमै मानवीय क्षति हुनबाट भने जोगिएको वडाध्यक्ष बुढामगरले बताउनुभयो।



















































































































































































































