बागलुङ । बागलुङ नगरपालिका–१ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयले कक्षा १ देखि १० सम्मको दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य अनुज श्रेष्ठले विद्यार्थीलाई अविर लगाएर सम्मान गर्नुभएको थियो। पुरस्कार वितरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ र सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद शर्माले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले पुरस्कृत विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक सुवर्ण मल्लले गर्नुभएको थियो भने सहजीकरण परीक्षा संयोजक शिक्षक शंकर थापाले गर्नुभएको थियो।




















































































































































































































