बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसार गरिरहेका दुई ट्रक फेला परेका हुन् ।
प्रहरीले लु १ ख ८३३८ र रा १ ख ३०४५ नम्बरका ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका दुवै ट्रकलाई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।
स्लेट ढुङ्गाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले नियमित सवारी जाँचलाई निरन्तरता दिएको जनाएको छ ।



















































































































































































































