७ मंसिर २०८३, सोमबार

 

सिवाईसी साकोसको १७औँ साधारण सभाअन्तर्गत विस्तारित मञ्च कार्यक्रम सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित उद्यमशील सदस्य सेवाकेन्द्रस्तरीय विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिका–१, भुस्कातमा आयोजित कार्यक्रममा सदस्यहरूको सहभागिता, वित्तीय साक्षरता र सहकारीको संस्थागत विकासका विषयमा छलफल गरिएको थियो ।

संस्थाका पूर्व सदस्य दलबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर गुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

  

कार्यक्रममा संस्थाका पूर्व सदस्य दलबहादुर गुरुङ र जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर गुरुङले सहकारीको महत्व, सदस्यहरूको सक्रिय सहभागिता, आर्थिक अनुशासन र संस्थाको दिगो विकासका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रमले सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै सहकारीप्रतिको अपनत्व, एकता, सहकार्य र सामूहिक जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सेवाकेन्द्र प्रमुख यमकुमारी विकले सेवाकेन्द्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मुक्तिनाथ सदस्य सेवाकेन्द्र प्रमुख कमल तिवारीले वित्तीय साक्षरतासम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम सेवा केन्द्रकी सहसंयोजक गौरीमाया गुरुङको अध्यक्षता, कोषाध्यक्ष गोविन्दप्रसाद कँडेलको स्वागत र उद्यमशील सदस्य सेवाकेन्द्र प्रमुख यमकुमारी विकको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung