१२ मंसिर २०८३, शनिबार

 

जटिल अवस्थाका शिशु र आमाको हवाई उद्दार गरी पोखरा पठाइयो

बागलुङ । बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालबाट जटिल स्वास्थ्य अवस्थाका एक नवजात शिशु र आमालाई हवाई उद्दार गरी बिहीबार पोखरा पठाइएको छ ।

बडिगाड गाउँपालिका–१ नेपाने निवासी ३६ वर्षीया तारा थापाले बडिगाड आधारभूत अस्पतालमा बिहान ७ः४५ बजे शिशुलाई जन्म दिनुभएको थियो ।

शिशु जन्मिएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिनुका साथै आमाको साल बाहिर नआएपछि दुवैलाई थप उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल, ढोरपाटन लगिएको थियो ।

अस्पतालमा आमाको साल निकालिए पनि शिशुको मेरुदण्डमा बाहिरबाटै नसा देखिएको पाइएपछि थप उपचार आवश्यक भएको चिकित्सकले बताएका छन् ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको बुर्तिबाङ प्रादेशिक अस्पतालका चिकित्सक डा. सुरज नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung