५ मंसिर २०८३, शनिबार

 

लायन्स क्लब अफ बागलुङद्वारा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले गरे रक्तदान

बागलुङ । लायन्स क्लब अफ बागलुङ र लियो क्लब अफ बागलुङको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बागलुङका अध्यक्ष भुपेन्द्र केसीले नयाँ विश्वलाई जानकारी दिए ।

कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । सर्वसाधारण नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

रक्तदानमा सहभागी सबैलाई क्लबका सचिव चिरञ्जीवी श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दुर्गा कुँवर, पूर्वअध्यक्षहरू केशव सापकोटा, प्रेम केसी र सूर्य चापागाईँलगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ बागलुङ र लियो क्लब अफ बागलुङले सदस्यहरूको नेतृत्व विकाससँगै सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung