काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० वटा ब्रान्च तथा उपब्रान्चका लागि कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले २० जना ब्रान्च म्यानेजरका लागि आवेदन आह्वन गरेको हो ।
कम्पनीले कोशी प्रदेश अन्तर्गत दुहबी, रामपुर, भोजपुर, इलाम, फिक्कल, रबि, खाँदबारी र इटहरी ब्रान्चका लागि बीएको जागिर खुलाएको हो ।
त्यसैगरी, मधेश प्रदेशको मिरचया र जीतपुरका लागि, बागमती प्रदेश अन्तर्गत भैसेपाटी, टोखा, पाँचखाल, बनेपा र नुवाकोटका लागि, गण्डकी प्रदेशको दुलेगौँडाका लागि, लुम्बिनी प्रदेशको हपुरे, राजपुर र शितगँगाका लागि र कर्णाली प्रदेशको जाजरकोट ब्रान्चका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
जसका लागि स्नातक अध्ययन पुरा गरेकाले आवेदन दिन सक्ने जनाइएको छ । नयाँलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।



















































































































































































































