
एक व्यक्तिले पिसाब फेरेर चारजनालाई घाइते बनाइदिएका छन् । बर्लिनमा भएको यो घटना नदीमा चलिरहेको डुंगामा एक व्यक्तिले पिसाब फेरिदिँदा ४ जना घाइते भएका हुन् ।
जन्नोविज पुलबाट पिसाब फेरेपछि पर्यटक चढेको डुंगामा परेको थियो । पर्यटकहरु टाउकोमा केही खस्यो भनी आत्तिएर हाम फालेका थिए । घाइते चारजनालाई अस्पताल लगिएको छ ।
तीन महिला र एक पुरूष घाइते भएका छन् । तीन महिलाको उमेर ३८, ३९ र ४८ रहेको छ भने, पुरुषको उमेर ५४ वर्षका रहेका थिए। उनीहरुको उपचारपछि घर पठाइएको बेलायती अनलाइन इन्डिपेन्डन्टले लेखेको छ । १६ जना उद्धारकर्मीले उनीहरुको उद्धार गरेका थिए ।
पिसाब फेर्ने व्यक्ति पक्राउ परेको या जरिवाना गरिएकोबारे केही खुलाइएको छैन ।