१ जेष्ठ २०८२, बिहीबार

 

ट्रक दुर्घटना : एकको मृत्यु, तीन घाइते

धादिङको ज्वालामुखी गाउँपालिका–६ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीबार दिउँसो कच्ची सडकखण्डमा दुर्घटना हुँदा सोही ठाउँका ३६ वर्षीय कृष्ण रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाइते तीन जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

ट्रक उकालो कच्ची सडक चढ्ने क्रममा ब्रेक फेल भइ सडकको भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung