४ जेष्ठ २०८१, शुक्रबार

 

दिउँसो कक्षा संचालन गर्न अटेरी गर्ने निजी तथा सामुदायिक विद्यालयलाई नगर शिक्षा अधिकारीको चेतावनी पत्र

बागलुङ नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालय संचालनका समबन्धमा नगरपालिका शिक्षा शाखाले चासो प्रकट गर्दै आग्रहसहितको चेतावानी पत्र लेखको छ । एसईईको नतिजासँगै विद्यार्थी तान्ने होडबाजी चलिरहेको बेला नगर शिक्षा शाखाले चासो प्रकट गरेर कारवाहीको चेतावानी गर्नुले शिक्षामा भईरहेको खेलाचीलाई प्रकट गरेको छ ।

शाखाले तेस्रो पटक विद्यालय तहको शिक्षा बिहान १० बजेदेखि संचालन गर्न निर्देशन गरेको हो । तेस्रो पटक नगरपालिकाको शिक्षा शाखाले जारी गरेको पत्रमा भनिएको छ ।

‘प्रस्तुत विषयमा यस नगरपालकाबाट पटक–पटक विद्यालय तह (कक्षा,०–१२) का सबै कक्षाहरु दिउँसो १० बजेबाट नै संचालन तथा व्यवस्थापन गर्न निर्दैशन भएकोमा हालसम्म पनि केही विद्यालयहरुले कक्षा ११ र १२ बिहानमा संचालन गरेको बुझिन आएकोले विद्यालय तह (०–१२)का सबै कक्षा अनिवार्य रुपमा १० बजेबाट संचालन तथा व्यवस्थापन गरी सोको जानकारी ७ दिनभित्र नगरपालिका भित्र गराउन हुन अनुरोध छ ।

यसै कुरालाई अझैपनि अटेरी गरी आफखुशी विद्यालय कक्षा संचालन तथा व्यवस्थापन गरिरहेमा कानुन बमोजिम सबैखाले कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’ बागलुङ नगरपालिका भित्र ९ वटा निजी विद्यालयहरुले शूरुदेखि नै ११ र १२ को पढाई बिहान रहेका छन । जिल्लामा प्रावि– ३६०, निमावि– ९०, मावि –७४, उमावि–६५ रहेका छन् ।

बागलुङ नगरपालिकाले ९ वटा निजी विद्यालयहरु आदर्श विद्यामन्दिर मावि ,अमृत आदर्श आवासिय मावि, अमर आदर्श आवासिय मावि, गरिमा आवासिय मावि, चिल्डेन लाइफ बोर्डिङ स्कुृल, फयुचर ब्राइटर बोर्डिङ स्कुल ,न्यु ओएसिस एकेडमी ,सनराइज आवासिय मावि र विद्यामन्दिर मावि र कालिका कन्या माविलाई नगरको निर्देशन पालन नगरे परिणाम भोग्न कडा पत्र लेखेको हो ।

उल्लेखित संख्यमा निजीका ६३ विद्यालय संचालनमा रहेका छन् । सामुदायिकतर्फ सबै तहका गरी ५ सय २५ विद्यालय संचालनमा छन् । जिल्ला समवन्य समिती अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जिल्ला शिक्षा कार्यालय रहेकै बखतमा नगरले गरेको जस्तो निर्दैशन ०७४ सालमा नै गरेको भएपनि जिल्लामा पूर्णत कार्यान्वयन नभएको जानकारी गराए ।

उनले भने ‘धेरैले पालना गरेको भएपनि केहीले गरेका छैनन्।’ केहीले प्राविधिक कारणले पनि नगरेका हुनसक्ने उनले जानकारी गराए ।हिसानका धौलागिरि अंचल अध्यक्ष बालकृष्ण शर्माले शिक्षा मन्त्रालय र विभागले गरेको निर्देशन विद्यालयले पालना गर्न आपत्ती नरहेको बताए ।

उनले विद्यालयहरु अझैपनि बिहानी सत्रमा संचालन भईरहेको जानकारी गराउँदै कही प्राविधिक समस्या रहेको बताए । समस्याका बारेमा स्पष्ट पार्दै उनले अध्यापकको पर्याप्तता नहुनु, भौतिक संरचनाको अभाव र पाठ्यक्रमको व्यवस्थापन गर्नुपर्ने भएकोले नगरले निर्देशन गरे जसरी तत्काल पालना गर्न कठिन रहेको बताए । उनले पूर्वाधार भएकाले निर्देशन पालना गर्नु उपयुक्त हुने उनको राय छ ।

प्रतिक्रिया दिनुहोस्