८ जेष्ठ २०८१, मंगलवार

 

‘कमल-सृजना श्रेष्ठ शैक्षिक काेष २०७६’ काे घाेषणा

समाजसेवी तथा व्यवसायी कमलप्रसाद श्रेष्ठ र श्रीमती सृजना श्रेष्ठले नेपाल भाषा मंका खल: बागलुङमार्फत नेवार विघार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यका साथ ‘कमल-सृजना श्रेष्ठ शैक्षिक काेष २०७६’ काे घाेषणा गरेका छन् ।

‘मलाई मंका खल: द्वारा शैक्षिक अक्षय काेष बनाउने प्रस्ताव आयाे जुन मैले खाेजेकाे विषय थियाे । मैले यसलाई हार्दिकतापुर्वक स्वीकार गरे’, व्यवसायी श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिए । श्रेष्ठ दम्पतीले दुई लाखकाे शैक्षिक अक्षयकोष स्थापना गरेका छन् । काेषबाट आएकाे व्याजबाट प्रत्यक वर्ष बागलुङका १० जना नेवार विघार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरिने श्रेष्ठले बताए।

‘मैले सरकारी र निजी विघालयमा कठिन हालतमा पढिरहेका नेवार विघार्थीहरूकाे बारेमा थाहा पाएकाे थिए । उनीहरूलाई कसरी सहयाेग गर्न सकिन्छ भनेर याेजना बनाई रहेकाे बेला याे अवसर जुर्‍यो’, नेपाल भाषा मंका खल: बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले बताए ।

आगामी साेमबार सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्ने १० जना विघार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिने खल:का सचिव सुदिप राजभण्डारीले बताए । उनले खल:काे विभिन्न उद्देश्यसहितको काेष स्थापना गर्ने अभियानअर्न्तगत याे शैक्षिक काेष बनेकाे बताए ।

‘हामी भजन, फागु गीत, भदाैरे नाचलगायत विभिन्न नेवा: कला संस्कृतिकाे संरक्षण र प्रवर्धन गर्नकाे लागि पनि काेष स्थापना गर्ने प्रयासमा छौं। त्यसकाे लागि हामीले मंका खल: मार्फत थप दाताहरू खाेजिरहेका छाैं’, मंका खल: बागलुङका काेषाध्यक्ष विदेशकुमार श्रेष्ठले नयाँ विश्वलाई बताए ।

शैक्षिक कोष स्थापनाको सम्बन्धमा बोल्दै मंका खल: बागलुङका सदस्य निर्माण कुमार श्रेष्ठले याे राम्रो सुरूवात रहेको बताए । उनले भने, ‘कमल श्रेष्ठकाे परिवारले याे नेवार विघार्थीकाे हितमा समाजसेवाकाे काम अगाडि बढाउनु भएकाे छ । यस्ताे सृजनशिल सामाजिक कामलाई थप गति दिदै अरू क्षेत्रकाे लागि पनि सहयोगी हातहरू खाेजेर सकरात्मक सन्देश दिनु आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्