३ श्रावण २०८३, आईतवार

 

दिलिसा मृत्यु प्रकरण : प्रारम्भिक नतिजा सार्वजनिक, भिसेरा रिपोर्ट आउँन बाँकी ( भिडियो )

बागलुङ। काठेखोला गाउँपालिका १ खहरेकी १७ वर्षिय बालिकाको जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाटको आयोजना गरि प्रारम्भिक नतिजाबारे जानकारी गराएको हो ।

प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको बताउदै धौलागिरि अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बालिकाले झुण्डिएर मृत्यु भएको पाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले ‘ह्याङ्गीङ भन्ने रिपोर्ट रहेको र भिसेरा रिपोर्ट नआएसम्म अझै केही भन्न सकिँने अवस्था नरहेको भन्दै ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको बताउनु भयो।

प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेकोले सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले पत्रकार सम्मेलनमा बताउनु भयो ।

प्रहरीका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर माविको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएका प्रहरी प्रमुख कँडेलले बताउनु भयो ।

मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको उजानकारी दिनु भयो ।

प्रहरीले घटनाको छानविनमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung